आगन्तुकले पालना गर्नु पर्ने नियमहरु
- उद्यान प्रवेश गर्नु अघि आगन्तुकहरुले प्रवेश टिकट खरिद गर्नु पर्ने हुन्छ।
- उद्यान भित्र सवारी साधनहरुका लागि प्रवेश निषेध गरिएको छ।
- उद्यान भित्र सभ्य, मर्यादित र अनुशासित भई बस्नु पर्नेछ।
- विरुवा एवम् यसको फूल, पात, फल, आदि टिप्न तथा चुड्न पुर्ण निषेध छ।
- विरुवा रोपण गरिएका ब्याडहरुमा खेल्न/हिड्न मनाही गरिएको छ।
- धुम्रपान तथा मद्यपान गर्न पाइने छैन।
- उद्यान क्षेत्रमा कुनै प्रकारको फोहोर गर्न पाइने छैन।
- फोहोरमैला डस्टविनमा मात्र फाल्नु पर्नेछ।
- उद्यान क्षेत्र भित्र पकाउने, आगो बाल्ने जस्ता क्रियाकलापहरु प्रतिबन्धित छन्।
- कुकुर लगायत अन्य घरपालुवा जनावरहरु उद्यान भित्र लैजान पाइने छैन्।
- पोलिथिन (४० माइक्रोन भन्दा कम बाक्लो भएको) झोलाहरु पूर्ण रुपमा प्रतिबन्धित छ।